मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प 

भदौ ६- मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प

नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना दिएको छ । प्रादेशिक कार्यालयमा यसअघि बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयन नभएपछि सङ्घर्ष समितिले धर्ना दिएको हो ।

लामो समयदेखि विद्युत प्राधिकरणको मिटर रिडिङ्गजस्तो जटिल र संवेदनशील काम न्यून ज्यालामा काम गर्दैआएका मिटर रिडरलाई विस्थापित गर्न ठेक्का सम्झौता गरिएकोमा समितिले असन्तुष्टी राखेको हो ।

प्राधिकरण र स्वर्गद्वारी सेक्युरिटी सर्भिस बुटवल ८ सँग साउन १२ गते ठेक्का सम्झौता भएको र ठेक्कामा लैजाँदा आफूहरूले पाउँदैआएको न्यूनतम ज्यालादर घटाउने काम हुने बताईएको छ। गोटागन्ती मिटर रिडरहरूले पुरानो सहमति कायम गर्न माग गरेका छन् ।

तीन दिनदेखि आन्दोलनमा रहेको गोटागन्ती मिटर रिडर सङ्घर्ष समितिले माग पूरा नहुँदासम्म धर्ना जारी राख्ने बताएको छ । यता, प्राधिकरणले रिडरको मागबारे जानकारी रहेको र माथिल्लो तहमा आन्दोलनबारे जानकारी गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *