रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक

भदौ ८, गुल्मी – रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक

रुरुक्षेत्र गाउँपालिका गुल्मीले नगर प्रहरी भर्ती गर्ने भएको छ । पालिकाको नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन कार्यबिधी २०७९ अनुसार हिजो बिहिबार बिभिन्न पदमा ५ जना नगर प्रहरीको पदपूर्तीको लागि सुचना जारी गरेको हो ।

पालिकाले १ जना नगर प्रहरी सहायक निरिक्षक र खुल्ला,आदीबासी जनजाती,महिला र दलित कोटामा ४ जना नगर प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको सुचनामा उल्यख गरिएको छ । १५ दिने दरखास्त आह्वानन गरिएको सुचनामा भदौ २१ गते सम्म दरखास्त दिन सकिने उल्यख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *