नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज के.सी

भदौ ७- नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसी

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि विभिन्न जिल्लामा तयारी बैठकहरू गरिरहेको छ ।
नेकपा माओवादी केन्द्रका अनुसार जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान कार्यक्रमका लागि जिम्मेवारी पाएका नेताहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगिसकेका छन।

हिजो बुधबार दिउँसोसम्म सात वटा जिल्लाहरूका बैठक सकिएको छ ।आज भदौ ८ गते लुम्बिनीका १२ वटै जिल्लाका तयारी बैठक सकिने र १६ गतेदेखि औपचारिक रूपमा रूपान्तरण अभियान सबै जिल्लामा सुरु हुने बताईएको छ ।

अभियानको स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ ।वि भिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक पनि तोकिएको छ । जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के.सी।, रोल्पा जिल्ला संयोजकमा पूर्ण केसी। र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारीलाई तोकिएको पार्टीका रुपन्देही संयोजक निर्मल जीसीले बताउनुभयो । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *