सम्मरीमाई गाउँपालिका एच.पि.भि खोप अभियान कार्यक्रम सम्पन्न ।
धन्नजय उपाध्याय/रुपन्देही
सम्मरीमाई गाउँपालिका को आयोजनामा एच.पि.भि खोप अभियान २०८१ सम्पन्न भएको छ । मिति २०८१/१०/२५ गते सम्मरीमाई गाउँपालिका को सभा हलमा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकहरूको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमको प्रशिक्षक सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी ले एच.पि.भि खोप सम्बन्धी विभिन्न जानकारीहरू दिएका थिए। एच.पि.भि खोप के हो, यो कतिको सुरक्षित छ, पाठेघर मुखको क्यान्सर कस्तो किसिमको रोग हो, जस्ता धेरै कुराहरू बताएका थिए ।

प्रमुख अतिथि सोही गाउँपालिकाको अध्यक्ष विनोद कुमार श्रीवास्तवले एच.पि.भि खोप सबै १० वर्षदेखि १४ वर्षसम्मको किशोरी हरूलाई पाठेघर विरुद्ध यो खोप अनिवार्य लगाउनुपर्दछ, यो खोपबाट पाठेघरको मुख को क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न सकिन्छ भन्ने सबैलाई यो खोप लिन को लागि आग्रह गरेका थिए ।

फाल्गुन १ गतेबाट प्रत्येक विद्यालयहरूमा एच.पि.भि खोप सञ्चालन हुने समरीमाई गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लले जानकारी दिए। यो रोगबाट प्रत्येक वर्ष ५ लाख ७० हजार जनाको देशभरिमा मृत्यु हुन्छ भन्ने यो कार्यक्रमको सञ्चालक वा प्रशिक्षक माझीले बताएका थिए। साथसाथै विभिन्न कुराहरू उहाँले जानकारी दिएका थिए जस्तै ।
१.एच.पि.भि भनेको के हो ?
यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस पनि भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भि हो ।
२.पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो ?
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो क्यान्सर मुख्य गरेर एच.पि.भि भाइरसको संक्रमणबाट हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन चार महिला हरूको मृत्यु हुन्छ।
३. पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भि कसरी सर्छ ?
एच.पि.भि यौन सम्पर्कबाट फैलिने संक्रमण हो। प्राय सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समस्या यो भाइरसबाट संक्रमित हुन्छन् तर अधिकांशमा कुनै पनि लक्षण देखिँदैन । उच्च जोखिम भएका एच.पि.भि सँगको निरन्तर सङ्क्रमणले असामान्य किशोरीहरूको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ।
४. एच.पि.भि खोप कतिको सुरक्षित खोप छ?
एच.पि.भि खोप अत्यन्तै सुरक्षित छ। विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनी प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ। र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ।
अत्यन्त जरुरी सूचना
विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मको किशोरीहरूले उमेर खुल्ने प्रमाणपत्र लिएर खोप लगाउने जानुपर्छ भने विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरुले विद्यालयको परिचयपत्र देखाउनुपर्छ।
थप जानकारीको लागि टोल फ्री नम्बर १११५ मा अथवा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
यो कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि समरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, विशिष्ट अतिथि स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी, लेखा अधिकृत प्रकाश पौडेल, दुर्गा पराजुली, रामदास गौड शिक्षा शाखा प्रमुख, चतुर्भुज चौबे, गीता कुमारी भट्ट, उमेश माझी, शेषनाथ कुर्मी, मलहु लोध, महेन्द्र कुमार यादव लगायत सामुदायिक विद्यालय र मदरसा का प्रधानाध्यापकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड