मर्चवार युवा जनजागरण क्लब द्वारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
मर्चवार को सम्मरीमाई गाउँपालिका वडा नं ७ नजबुलहुदा मदरसा भैसागाहन मा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

मर्चवार युवा जनजागरण क्लब को आयोजना र लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम भएको क्लबको अध्यक्ष र सो कार्यक्रमको अध्यक्ष मो० आरिफ खान ले बताए ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य मा० कन्हैया बनिया ले ब्यानर वाचन गरेर गरेको थिएँ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्व स्वास्थ्य संठनका अनुसार ‘स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो हाम्रो क्षेत्रको सम्पूर्ण जनता यो निःशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन भनेर हामी सबैले यो कार्यक्रम आयोजना गरेको बानिया ले बताए ।
स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससाग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै अर्थ हुादैन ।
मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ तर उ अस्वस्थ छ तर धनवान छ भने पक्कै पनि उ सुखी हुन्छ भन्ने सम्मरीमाई गाउँपालिका वडा नं ७ को अध्यक्ष राधेश्याम कुर्मीले कार्यक्रममा बोलेको थिएँ।
हामी सधैँ यस्तै सामाजिक कार्यहरू योजनाबद्ध रूपले गर्नेछौं आगामी दिनमा पनि हाम्रो यो क्लबले सम्पूर्ण जनताको हित को लागि यस्ता विभिन्न कार्यक्रमहरू लाउने गर्दछ भन्ने क्लबको अध्यक्ष मोहम्मद आरिफ खान ले भनेका थिए ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड