मर्चवार युवा जनजागरण क्लब द्वारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
मर्चवार को सम्मरीमाई गाउँपालिका वडा नं ७ नजबुलहुदा मदरसा भैसागाहन मा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

मर्चवार युवा जनजागरण क्लब को आयोजना र लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम भएको क्लबको अध्यक्ष र सो कार्यक्रमको अध्यक्ष मो० आरिफ खान ले बताए ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य मा० कन्हैया बनिया ले ब्यानर वाचन गरेर गरेको थिएँ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्व स्वास्थ्य संठनका अनुसार ‘स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो हाम्रो क्षेत्रको सम्पूर्ण जनता यो निःशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन भनेर हामी सबैले यो कार्यक्रम आयोजना गरेको बानिया ले बताए ।
स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससाग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै अर्थ हुादैन ।
मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ तर उ अस्वस्थ छ तर धनवान छ भने पक्कै पनि उ सुखी हुन्छ भन्ने सम्मरीमाई गाउँपालिका वडा नं ७ को अध्यक्ष राधेश्याम कुर्मीले कार्यक्रममा बोलेको थिएँ।
हामी सधैँ यस्तै सामाजिक कार्यहरू योजनाबद्ध रूपले गर्नेछौं आगामी दिनमा पनि हाम्रो यो क्लबले सम्पूर्ण जनताको हित को लागि यस्ता विभिन्न कार्यक्रमहरू लाउने गर्दछ भन्ने क्लबको अध्यक्ष मोहम्मद आरिफ खान ले भनेका थिए ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड