गम्भीर बिरामी ICU मा: आर्थिक अभावका कारण उपचारमा समस्या

बिनोद निगम / नवलपरासी / ८ फागुन
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरीका निवासी ५० वर्षीय शिव पूजन बढई गम्भीर बिरामी भई काठमाडौँ T.U टिचिङ हस्पिटलको ICU BED NO 8 मा उपचाररत छन्। डाक्टरहरूका अनुसार उनलाई थप उपचार आवश्यक छ, तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन मुस्किल परिरहेको छ।

शिव पूजन बढईको Brain haemorrhage भएको पुष्टि भएको छ, जसको उपचारका लागि हालसम्म लाखौं रुपैयाँ खर्च भइसकेको छ। अबको थप उपचारका लागि परिवारसँग आवश्यक आर्थिक स्रोत छैन। यस कारण, शिव पूजन बढईको परिवारले सबै दयालु मन भएका व्यक्तिहरूसँग आर्थिक सहयोगको लागि अपिल गरेका छन्।

बढईका आफन्तहरूका अनुसार अस्पतालले सर्जरी तथा अन्य आवश्यक उपचारका लागि ठूलो रकम आवश्यक पर्ने बताएको छ। परिवारका सदस्यहरूले विभिन्न ठाउँमा सहयोगको याचना गरिरहेका छन्। यस कठिन समयमा, शिव पूजनलाई बचाउन सहयोग गर्न सक्ने सबैलाई अनुरोध गरिएको छ।

सहयोग गर्न चाहनुहुन्छ भने:
बैंक खाता नंबर : 1410100000085049
सम्पर्क: +977 981-6426999
नाम : छोरा सुजित कुमार बढई
कृपया सकेको सहयोग गरिदिनुहोस् र यो समाचार अरूलाई सेयर गरेर शिव पूजन बढईलाई बचाउन मद्दत गर्नुहोस्। तपाईंको सानो सहयोगले एक अमूल्य जीवन बचाउन सक्छ।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय