मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
नवलपुर।
नेपाली गीत–संगीत क्षेत्रमा नयाँ प्रस्तुति लिएर आएको गीत “मायाले पार्नु पिर पार्यो…” को प्रिमियर कार्यक्रम सम्पन्न भएको छ।कावासोति-३ मा रहेको गैरे पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा कावासोती वडा न ६ का वडाध्यक्ष याम बहादुर थापा प्रमुख अतिथी रहनु प्रीमियर कार्यक्रममा गितका गायक नवीन शर्मा लगायतको उपस्थिति रहेको थियो। प्रेम, भावना र मौलिक शैली समेटिएको यस गीतलाई दर्शक तथा अतिथिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

गीतमा कुमार शर्मा को स्वर रहेको छ भने शब्द तथा संगीत मदन अधिकारी को रहेको छ। गीतको अडियो निर्माण पुन डिजिटल, पोखरा ले गरेको हो। यस गीतको भिडियोमा ठनेश्वर तिवारी, हरिशा पोख्रेल तामाङ, नवीन सापकोटा, आकृति अधिकारी र शालोम पुन मगर लगायत कलाकारहरूको अभिनय रहेको छ।

भिडियोको छायांकन दिपेन्द्र बनस्तोल, राजभिम तिमिल्सिना ले गरेका छन् भने एरियल शुट भुवन अधिकारी को रहेको छ। पोस्ट प्रोडक्सनको काम असालतिथी प्रोडक्सन ले गरेको छ।
निर्माण टिमका अनुसार गीतको भिडियो छिट्टै म्युजिक नेपाल च्यानल युट्युबमार्फत सार्वजनिक गरिनेछ। नेपाली संगीतप्रेमी दर्शकका लागि यो गीत नयाँ स्वाद र मनोरञ्जनको प्रस्तुति बन्ने अपेक्षा गरिएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड