आजबाट सुरु भयो प्रेम दिवस, कसरी भयो यसको सुरुवात ?

नवलपरासी
भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ । यो प्रेम व्यक्त गर्ने दिन हो । यो उत्सव हप्ताभरि चल्छ ।
भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुन्छ । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दिन्छन् । रोज डे जोडीहरूको लागि मात्र होइन, यो मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि हो । यसले हामीलाई साना कुराहरूले पनि सम्बन्धलाई बलियो बनाउँछ भन्ने सिकाउँछ ।

रोज डेको सुरुवातको बारेमा कुनै आधिकारिक जानकारी छैन । तर यो युरोपको मध्ययुगीन प्रेम परम्परासँग जोडिएको छ । त्यस समयमा, प्रेमीहरूले आफ्ना प्रेमिकाहरूलाई फूल दिएर र प्रेमपत्रको मद्दतले आफ्नो प्रेम व्यक्त गर्थे। त्यसबेलादेखि, भ्यालेन्टाइन सप्ताह बिस्तारै पश्चिमी देशहरूमा उत्पत्ति भयो ।

रोमन राजा क्लाउडियस द्वितीयको शासनकालमा, सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न कडा संघर्ष गरेको विश्वास गरिन्छ । यसै कारण उनलाई सजाय दिइएको थियो। तर उनको प्रेम र बलिदानको सम्झनामा यसलाई भ्यालेन्टाइन सप्ताहको रूपमा मनाउन थालियो । गुलाफलाई प्रेम, मित्रता र भावनाको प्रतीक मानिन्छ। त्यस कारण, गुलाफको प्रत्येक फरक रंगको फरक महत्त्व हुन्छ र फरक भावनाहरूको प्रतिनिधित्व गर्दछ ।

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो ।
मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।
यस्तै प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।
विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ । स्रोत:- Janaboli News






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय