युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी कान्ग्रेसमा प्रवेश

नवलपरासी बैशाख ११
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामा लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।

प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार आचार्यकाे अध्यक्षता तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेकाे भातृ सगठन युवा सघ नेपालकाे लुम्बिनी प्रदेश सदस्य मुन्ना सिध्दिकी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

बिद्यार्थी जीवनकाल देखि नेपाल बिद्यार्थी सघ बाट राजनिति सुरु गरेका सिद्धेकी पछिल्लो समय राजनिती ले मोड लिएपछि उनी नेकपा एमालेबाट राजनिती गर्दै आएका थिए । केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमा अब मुन्ना सिध्दिकि कांग्रेसको झण्डा लिएर राजनितिमा हाेमिएका छन।अब आफ्नाे घर आगन तथा छरछिमेकमा काङ्ग्रेसको झण्डा फरफराउदै अगाडि बढने लक्ष्य लिएका छन ।सिध्दिकि निकै ईमान्दार , शालिन र मिलनसार स्वभाव रहेका राजनीति मा आमनागरिककाे सेवा गर्ने बताएका छन ।नवप्रवेसी सिध्दिकि देशमा प्रजातान्त्रिक बिचार नै अब्बल भएकाले आफुले कम्युनिस्ट पार्टी परित्याग गरि आफ्नाे पुरानो घरमै फर्किएको बताउनुभएको छ ।सिद्धिकी यश क्षेत्रमा रहेकाे विभिन्न सघसस्थामा आबध्द भई सामाजिक कार्यमा निकै सक्रियरुपमा सग्लन रहेका छन ।सिध्दिकी केही समय पत्रकारीताक्षेत्रमा समेत सत्य ,तथ्य र निस्पक्ष रुपमा कलम चलाई आफुलाई कुशल पत्रकार काे रुपमा समेत छुट्टै पहिचान बनाएका थिए।







भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु