सियारी गाउँपालिकामा महिलाको शव फेला
धन्नजय उपाध्याय/रुपन्देही
रूपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर २ भगदरी मा गहुँको खेतमा एकजना महिलाको शव फेला परेको छ ।

दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ वर्ष ४० को संगीता चौधरी नाम रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ। काम सक्काएर बेलुका लगभग ७ बजे मिलनचोकतिर घुम्न जाँदैछु, साथीसँग भनेर बुधबार साइकल लिएर गएको र घर नफर्केपछि आज बिहीबार उहाँको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव हेर्दा हत्या जस्तो र बलात्कार भएको प्रहरीको आशंका रहेको छ। अहिले शव लाई पोस्टमार्टम गर्नको लागि भैरहवा को भीम अस्पतालमा लागिएको छ । अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।
घटनास्थलमा एक थान मोबाइल र बियरको बोतल र अन्य समान भेटिएको अहिले हामी सबै सामानलाई आफ्नो नियन्त्रणमा लिएको प्रहरीले बताए ।
दाङ जिल्लाबाट रूपन्देहीको बुटवलमा काम गर्नेको लागि चौधरी आएका थिइन्। उहाँको घरमा हामी सम्पर्क गरिरहेका छौं भन्ने जिल्ला प्रहरी कार्यालय रूपन्देही ले जनाएको छ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड