सियारी गाउँपालिकामा महिलाको शव फेला

धन्नजय उपाध्याय/रुपन्देही
रूपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर २ भगदरी मा गहुँको खेतमा एकजना महिलाको शव फेला परेको छ ।

दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ वर्ष ४० को संगीता चौधरी नाम रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ। काम सक्काएर बेलुका लगभग ७ बजे मिलनचोकतिर घुम्न जाँदैछु, साथीसँग भनेर बुधबार साइकल लिएर गएको र घर नफर्केपछि आज बिहीबार उहाँको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव हेर्दा हत्या जस्तो र बलात्कार भएको प्रहरीको आशंका रहेको छ। अहिले शव लाई पोस्टमार्टम गर्नको लागि भैरहवा को भीम अस्पतालमा लागिएको छ । अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।

घटनास्थलमा एक थान मोबाइल र बियरको बोतल र अन्य समान भेटिएको अहिले हामी सबै सामानलाई आफ्नो नियन्त्रणमा लिएको प्रहरीले बताए ।
दाङ जिल्लाबाट रूपन्देहीको बुटवलमा काम गर्नेको लागि चौधरी आएका थिइन्। उहाँको घरमा हामी सम्पर्क गरिरहेका छौं भन्ने जिल्ला प्रहरी कार्यालय रूपन्देही ले जनाएको छ।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग