नशा डान्सबारमा झडप हुँदा एकजनाको मृत्यु

नवलपरासी
पश्चिम नवलपपरासीको बर्दघाट नगरपालिका वडा नं.१३मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा भएको झगडामा एक जनाको मृत्यु भएको छ । २०८१ माघ २८ गते राती ११ः५० मा भएको झगडामा प्रतापपुर गाँऊपालिका वडा नं. ९, खैरनी बस्ने बर्ष ४५का सन्त बहादुर चौधरीको मृत्यु भएको हो ।

राति झगडा भई घाईते भएका चौधरीको चौराह अस्पताल बुटवलमा उपचारका क्रममा २०८१ माघ ३० गते ४ः५०मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशमा बोहराले जानकारी दिए ।

डान्स बारमा फोटो तथा भिडियो खिचेको निहँुमा भएको विवादमा झगडा हुदाँ घाईते प्रतापपुर गाँऊपालिका वडा नं ९ का सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी घाईते भएका थिए ।

घटना भएको जानकारी पश्चात प्रहरीले डान्सबार सञ्चालक प्रतापपुर ४ का राकेश हरिजन, प्रतापपुर गाऊँपालिका वडा नं.९ का ३१ बर्षिय अमित चौधरी र प्रतापपुर गाँऊपालिका वडा नं. ९ का ३५ बर्षिय सरोज चौधरीलाई पक्राऊ गरि अदालतबाट थप ७ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बोहराले जानकारी दिए ।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग