नशा डान्सबारमा झडप हुँदा एकजनाको मृत्यु
नवलपरासी
पश्चिम नवलपपरासीको बर्दघाट नगरपालिका वडा नं.१३मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा भएको झगडामा एक जनाको मृत्यु भएको छ । २०८१ माघ २८ गते राती ११ः५० मा भएको झगडामा प्रतापपुर गाँऊपालिका वडा नं. ९, खैरनी बस्ने बर्ष ४५का सन्त बहादुर चौधरीको मृत्यु भएको हो ।

राति झगडा भई घाईते भएका चौधरीको चौराह अस्पताल बुटवलमा उपचारका क्रममा २०८१ माघ ३० गते ४ः५०मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशमा बोहराले जानकारी दिए ।

डान्स बारमा फोटो तथा भिडियो खिचेको निहँुमा भएको विवादमा झगडा हुदाँ घाईते प्रतापपुर गाँऊपालिका वडा नं ९ का सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी घाईते भएका थिए ।
घटना भएको जानकारी पश्चात प्रहरीले डान्सबार सञ्चालक प्रतापपुर ४ का राकेश हरिजन, प्रतापपुर गाऊँपालिका वडा नं.९ का ३१ बर्षिय अमित चौधरी र प्रतापपुर गाँऊपालिका वडा नं. ९ का ३५ बर्षिय सरोज चौधरीलाई पक्राऊ गरि अदालतबाट थप ७ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बोहराले जानकारी दिए ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड