रामग्राम नगरपालिकामा कमिसन नपाउँदा भुक्तानी रोकियो
नवलपरासी /माघ ७
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले कमिसन नपाउँदा भुक्तानी राेकियाे छ।

मुकनायक प्रा.लि.द्रारा संचालित मज्झिम आवाज जनचेतनामूलक सन्देश प्रकाशन गरी भुक्तानीकाे लागि दिएकाे निवेदनमा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले श्री लेखा मात्र लेखिएकोले आफु भुक्तानी नदिने लेखा अधिकृत कुन्दन चाैधरीले बताउनु भयाे ।

श्री मान प्रमुख प्रशासकीय अधिकृत ज्यु निज प्रा.लि.लाई सन्देश मुलक सुचनाकाे भुक्तानी तुरुन्त दिनका लागि निर्देश पाउँ भनि पेश गर्दछु भनि रामग्राम नगरपालिकाका लेखापाल संजय शर्मा (बढई)ले निवेदनमा दरपिट गर्नु भएकाे छ।
प्रमुख प्रशासकियले श्री लेखा लेख्नुकाे अर्थ लिने हाे कि दिने हाे त्याे कुरा प्रष्ट लेखाएर ल्याउनु त्यसपछि मात्र भुक्तानी दिन मिल्छ लेखापाल शर्माकाे भनाई छ।
सर हजुरले श्री लेखा मात्र लेख्नु भएकाेले प्रष्ट नभएकाे भुक्तानी राेकिएकाे प्रमुख प्रशासकिय अधिकृतलाई भनेपछि भुक्तानी दिने सबैमा आफुले श्री लेखा मात्र लेखेकाे खई किन
तपाईकाे भुक्तानी राेकेछ त्यसकाे बारेमा आफुले लेखा संग सल्लाह गर्ने रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले बताउनु भयाे।
स्थानीय तहका कर्मचारीहरू निर्माण व्यवसायी तथा सर्वसाधारण जनताका संग घुस लिने अपेक्षा राख्छन नै वर्षमा १०/१५ हजारकाे बिल पेस गर्दा पत्रकार संग पनि कमिसन लिने कर्मचारीहरुले अपेक्षा राखेका हुन्छन।
कतिपय ठाउँमा घुस लिने क्रममा अख्तियार दुरुपयोगले पक्राउ गरेपनि स्थानीय तहका कर्मचारीहरूमा घुस (कमिसन) लिने प्रवृत्ति चाहि घटेकाे छैन।
स्रोत:- मज्झिम आवाज





भर्खरै
-
रुपन्देही क्षेत्र नं ४ मा कांग्रेसको उम्मेदवार सिफारिस
-
जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
-
रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त
-
कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
-
सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन
-
ईलाका प्रहरी कार्यालय मझगावाँ ले नागरिक सुनवाई कार्यक्रम सम्पन्न

पात्रो
गेम्स
रेडियो
युनिकोड