लुम्बिनीमा रुमिन्देई माई मेला २८ गतेबाट सुरु

लुम्बिनी अन्जना चौहान
रुपन्देहीको लुम्बिनी सांकृतिक नगरपालिका वडा न .३ स्थित पडिरिया मायादेवी मन्दिर नजिकै चैत २८ गतेदेखि बैशाख १गतेसम्म लुम्बनी परम्परागत एतिहासिक चैत पूर्णिमा
रुमिन्देई माई मेला सुरु हुने भएको छ।बिहिवार लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेलासग समबन्धी सरोकारवालाहरुको छलफलबाट उक्त निर्णय गरिएको हो । होटेल व्यावसायी,पर्यटन व्याबसायी,लुम्बिनी बिकास कोस,सुरक्षा निकाय का पदाधिकारी एवं कार्यपालिका सदस्यहरु लगायत मेला सग समबन्धित सरोकारवालाहरुको भेलाले वडा न ३ वडा अध्यक्ष अकरामुद्दीन नाउँ को अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन भएको छ। गौतम बुद्ध ज्ञान् प्राप्त गरेर घरपर्केपछी चैत्र शुक्ल पूर्णिमा परापुर्वकालदेखि रुमिन्देई माई मेला लाग्ने गरेको मेला व्यवस्थापन समिति सदस्य तथा नगर प्रबक्ता इनामुल्लाह फकिरले बताउनु भयो।
बुद्ध जन्मस्थल पवित्र स्थल भएको हुनाले यस रुमिन्देई माई मेलामा .जुवा ,तास ,खोरखोरे खेल्न नपाइने र जाड ,रक्सी बेच्न नपाइने मेला साँस्कृतिक कार्यक्रम लाई जोड दिने ब्यबस्थापन समितिले निर्णय गरेको छ। मेलामा सांस्कृतिक कार्यक्रम प्रत्येक दिन गरिने आयोजकले बताएका छन् ।






भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग