विद्यालय प्रधानाध्यापक सहित तीन जना विशेष अदालत काठमाडौंमा आराेप पत्र दायर
नवलपरासी
पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनरायण माध्यमिक विद्यालय गेर्मीका प्रधानाध्यापक सहित तीन जना भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालत काठमाडाैंमा आरोप पत्र दायर गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता सहित ३ जना घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भएको छ।

अनुसन्धानको सिलसिलामा उक्त विद्यालयका प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहार समेतको मिलेमतोमा भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानीका लागि सेवाग्राही सँग पैसठ्ठी हजार रुपैयाँ घुस-रिसवत लिएको पुष्टि भएको बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत,काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

उनका अनुसार राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राही सँग घुस/रिसवत माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड