बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टर स्टिकर’ टाँस्ने सँगै जनचेतना जगाउँदै नवलपरासी ट्राफिक प्रहरी

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

ज्ञानेश्वर साहनी /नवलपरासी, १६ माघ

पश्चिम नवलपरासीमा सवारी दुर्घटना न्यूनीकरण गर्न नवलपरासी ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउने लगायत अभियान सञ्चालन गर्दै जनचेतना जगाउने कार्य सुरु गरेको छ।

तराईमा चिसो बढेसँगै बाक्लो हुस्सु लाग्न थालेको छ। त्यस सँगै विगत केहि दिनदेखि लुम्बिनी प्रदेश अन्तरगतका तराईका जिल्लाहरूमा मोटरसाईकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट चालक तथा पछाडि सवार व्यक्तिहरू घाईते भई मृत्यु हुने गरेको कारणले सवारी दुर्घटना‌ न्युनिकरण तथा रोकथाम गर्न का लागी मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने, सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउन, हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउन, चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिन, चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउन लगाएको जनचेतना मुलक अभियान सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले भने “लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउन, आफु यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिन, रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउन, सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउन, बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने , सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउन, जथाभावी ओभरटेक नगर्न, तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्न, सवारी चलाउँदा मोवाईल फोनमा कुराकानी नगर्न, सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउन, सवारी दाँया वा बाँया मोड्नु परेमा साईड लाईटको सहि प्रयोग गर्न, बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आफ्नो साईडबाट सवारी चलाउन, रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउन अनुरोध गर्दै दुर्घटना न्यूनीकरणका लागि विभिन्न ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको बताए। उनले भने “सडकमै उनीहरूलाई जम्मा गरेर ट्राफिक नियम, जरिवाना, सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबका बारेमा जानकारी दिँदै आएका छौं।’

पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सुले गर्दा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सवारी साधानहरूमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालिएको छ। ट्राफिक प्रहरी पोस्ट परासीबाट यो ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानको सुरुवात गरेको परासी ट्राफिक प्रमुख विक्रम प्रसाद भुसालले भने, ‘रिफ्लेक्टर स्टिकर’ टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने अभियान परासीभर सुरु गरेका छ ।हस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी हुन्छ।’

सडकमा छाडिएका चौपायाको घाँटी, सडक बिच भागमा राखिएको डिभाइडर, साइकलको पछाडिको भाग र अन्य सवारीसाधनको पछाडिको भागमा टल्कने ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने, पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने, सवारी साधनका बत्ती दुरुस्त बनाउन लगाउने जस्ता अभियान थालेको बताउँदै, सई भुसालले भने, ‘राति गाईवस्तु नदेखिने, सडकका खाल्डाखुल्डी र अत्यधिक तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ। बत्तीको उज्यालो परेपछि स्टिकर टल्कने हुँदा दुर्घटना कम गर्न सहयोग पुग्ने आशा गरेका छौं।’

‘दिनहुँ सडक दुर्घटनाका खबर सुन्दा र यस्ता दृश्य देख्दा मन नै सिरिङ्ग हुन्छ,’ रामग्राम नगरपालिका वडा नं ०६ का सिकेन्द्र सहानीले भने, ‘कसरी सुरक्षित सडक यात्रा गर्ने भन्ने चिन्ता हुन्छ। आफू बिस्तारै सुरक्षित तवरले सवारी चलाउँदै गर्दा अन्य तीव्र गतिका सवारीले ठक्कर दिने डर एकातर्फ छ भने अर्कोतर्फ जथाभावी बाटो काट्दा थप समस्या सिर्जना हुने गरेको छ।’ सडकमा सवारी अनुसारको लेन छुट्याउने, तीव्र गतिका सवारीलाई कडा कारबाही गर्ने, जथाभावी बाटो काट्न नदिने जस्ता काम कडाइका साथ सम्बन्धित निकायले कार्यान्वयन गरे दुर्घटनामा केही कमी आउने छ।

लेखकको बारेमा