मर्चवार को बेतकुईँया मा स्वास्थ्य शिविर सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
सम्मरीमाई गाउँपालिका को आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्स राबीगाउँ को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

यहि १२ गते शनिबार सम्मरीमाई गाउँपालिका वडा नं ७ स्थित श्री कृषक आदर्श मा.बि मा शिविर कार्यक्रम सम्पन्न भएको हो।

भैरहवा मेडिकल कलेजको विशेषज्ञ चिकित्सक हरू द्वारा विभिन्न जाँच गरेर निःशुल्क औषधि वितरण गरेका थिए। कार्यक्रमको उद्घाटन सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव द्वारा भएको थियो ।
गरिब र विपन हरूको लागि निशुल्क स्वास्थ्य शिविर मेडिकल कलेजले गरेको राम्रो यस्तै भविष्यमा पनि मेडिकल कलेजले शिविर आयोजना गर्छ भन्ने श्रीवास्तवले हारसोल्लासको साथमा भने । सर्वसुलभ मा गुणस्तर सेवा दिनु युनिभर्सल कलेज अफ मेडिकल साइन्सको उद्देश्य हो, भने मेडिकलको प्रशासन संयोजक तेज कुमार के.सि ले भने ।
सो शिविरमा जम्मा सेवाग्राहीहरुको संख्या ७९०,भिडियो एक्सरे गराउने १०५,महिला सम्बन्धी समस्या भएको ६५,Ortho (हाड जोर्नी ) सम्बन्धी ३२३,नाक कान घाटी सम्बन्धी ७२,ल्याब सेवा २७६,दाँत सम्बन्धी ४५,फिजिसियन सम्बन्धि ३४२ गरी ई सी जी सेवा ५८ जना लाभार्थीहरूले लाभ लिएका थिए ।
सम्पूर्ण जनताको स्वास्थ्य को हामीलाई चिन्ता छ, चाहे गरिब होस् ,पिछडिएको वर्ग, आदिवासी, दलित वा जनजाति सबै लाई एक किसिमको उपचार मिल्न पर्यो भने सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी ले बताए।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड