सम्मरीमाई वडा नं ४ मा जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल वितरण
धन्नजय उपाध्याय/रुपन्देही
रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं ४ मा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। जेष्ठ नागरिक, दलित, एकल महिला तथा अशक्त अपाङ्गलाई कम्बल दिई सम्मान गरिएको हो।

वडा कार्यालयको आफ्नै प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कुल लगभग ५०० थान कम्बल वितरण गरिएको कार्यक्रमको अध्यक्ष सोही वडाको वडा अध्यक्ष दिवाकर प्रसाद दुबे ले जानकारी दिए ।

जेष्ठ नागरिक एकल महिला दलित अशक्त र अपाङ्ग लाई हामीहरूले सधैं पहिलो प्राथमिकता दिएका छौं भने दुबे ले बताए । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भयो, यसै वडाको होइन पुरै गाउँपालिकाको जेष्ठ नागरिक हाम्रो अभिभावक हुन् भन्ने गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव ले आफ्नो मन्तव्यमा बताए ।
हाम्रो वडाको सम्पूर्ण मेरो अग्रज हरूको सल्लाह लिएर म आफ्नो कर्तव्यलाई अगाडि बढाइरहेको छु, भन्ने वडाध्यक्ष दुबे ले बताएँ। कार्यक्रम मा उपस्थित प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, विशिष्ट अतिथि सोही वडा सदस्य राम अवध भर ,गा.बि.सा पूर्व अध्यक्ष दुलारे चमार, जन्ता मा.बि बिजगौरी को अध्यक्ष तुलसीराम बरई लगायत अन्य वडाबासी हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको दिवाकर दुबे ले जानकारी दिएँ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड