नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा द्वारा कम्बल वितरण

ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ४
पश्चिम नवलपरासीमा चिसोबाट प्रभावित पाल्ही नन्दन गाउँपालिका वडा नं ४,५ र ६का २० गरिब तथा असक्त विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोगमा पाल्ही उप- शाखालाई वितरण गर्नको लागि दिएको २० थान कम्बल गरिब तथा असक्त विपन्न परिवार लाई कम्बल वितरण गरेको हो ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटीले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखाले गरिब तथा असक्त विपन्न परिवारलाई कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा सह- कोषाध्यक्ष मानेश्ववर सहानीले जानकारी दिए ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।
शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेको सहानीले बताउनुभएको छ।






भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु