ज्ञानेश्वर सहानी / नवलपरासी /२७ पुस
रामग्राम बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा कार्यक्रम परासीमा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा रामग्राम बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष शिवेन्द्र शाहको अध्यक्षता तथा रामग्राम नगरपालिका का नगर प्रमुख धनपत यादवको प्रमुख अतित्यथा
मा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले व्यक्तिको प्रवृत्ति र गलत कामले नगरपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाच गरेर नगरपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए । नगरपालिका क्षेत्र भित्र ३२ सहकारी संस्था मध्ये २ वटा बन्द रहेको छ भने १२ वटा राम्रोसँग चलिरहेको छ र १८ वटा सहकारीको नाजुक अवस्था रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको नगरपालिकाले नजिकबाट नियाल्दै छिटै जाँच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए । वहाले सहकारीको उचित मुल्यांकन अनुसार नगरपालिकाले सदैव सहयोग गरिरहने बताए ।
सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ बताउदै गाउँ टोलहरूमा चर्को ब्याजमा पैसा दिनेहरूसँग मुक्ति दिलाउनको लागि सहकारीलाई धन्यवाद दिदै सहकारी संस्था सफलताको लागि शुभकामना दिनु भएको थियो ।
संस्थाले साधारणसभाको दिन आउँदो महिनामा अगाडि नि:शुल्क अाँखा शिविर सञ्चालन र रक्तदान कार्यक्रम गर्ने व्यवस्था मिलाएको सहकारीका अध्यक्ष शिवेन्द्र शाहले भन्नुभयो।
सो कार्यक्रममा रामग्राम नगरपालिका कृषि शाखा का किरण गुप्ता, बास नेपालका विष्णु राज राव , मुस्लिम समाजिक युवा संस्थाका बद्री आलम अन्सारी, विश्व हिन्दु परिषद् का अनिल कुमार अग्रहरी , राष्ट्रिय स्वतन्त्र पार्टी का उपाध्यक्ष रवि पाण्डे लगायतले शुभकामना मन्तव्य दिनुभयो । २०७८ सालमा स्थापना भएको सहकारीले ६४ लाख ८४ हजार ४७ रुपैयाँ २३ पैसा बराबरको आर्थिक कारोबार तथा १० लाख २१ हजार २२ रुपैयाँ नाफा गरेको संस्थाको कोषाध्यक्ष विनय कुमार यादवले जानकारी दिनुभयो। ।