अख्तियारको फन्दामा सहायक लेखापाल र विद्यालय व्यवस्थापन समिति सदस्य
ज्ञानेश्वर साहनी /नवलपरासी/ पुस २४ गते
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ गेर्मीमा स्थित राजनारायण मा.वि का सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई अख्तियारको टोलीले बुधबार पक्राउ गरेको छ।

भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि एक जना सेवाग्राही सँग घुस माङ गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलबाट खटिएको टोलीले बुधवार राजनारायण मावि विद्यालय बाट पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रवक्ता नरहरी घिमिरेका अनुसार विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद काहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ सहित रंगेहात नियन्त्रणमा परेका छन्।
प्रवक्ता घिमिरेले भने–‘आज बिहानै देखि हाम्रो टोलिले निगरानी गरीरहेको थियो, लेखापालको कार्यकक्षबाट सेवाग्राहीबाट घुस लिइरहेको बेल रंगेहात पक्राउ गरेको छ।’
उनीहरु दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि आयोगको शाखा कार्यालय बुटवलमा लगिएको छ।
प्रवक्ता घिमिरेले भने–‘अब थप कागजी प्रकृया मिलाएर भोली बिहीबार नै आयोगको केन्द्रिय कार्यालयमा पठाउँछौ र केन्द्रिय कार्यालयले मुद्धाको प्रकृया अगाढी बढाउँछ।’
‘सामान्यतया रंगेहात घुस सहित पक्राउ परेका दुई जनाको जागिर त जाने नै भयो’ प्रवक्ता घिमिरेले भने–‘थप कारबाही अदालतको फैसलाका आधारमा हुन्छ।’





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड