अख्तियारको फन्दामा सहायक लेखापाल र विद्यालय व्यवस्थापन समिति सदस्य

ज्ञानेश्वर साहनी /नवलपरासी/ पुस २४ गते
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ गेर्मीमा स्थित राजनारायण मा.वि का सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई अख्तियारको टोलीले बुधबार पक्राउ गरेको छ।

भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि एक जना सेवाग्राही सँग घुस माङ गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलबाट खटिएको टोलीले बुधवार राजनारायण मावि विद्यालय बाट पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रवक्ता नरहरी घिमिरेका अनुसार विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद काहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ सहित रंगेहात नियन्त्रणमा परेका छन्।

प्रवक्ता घिमिरेले भने–‘आज बिहानै देखि हाम्रो टोलिले निगरानी गरीरहेको थियो, लेखापालको कार्यकक्षबाट सेवाग्राहीबाट घुस लिइरहेको बेल रंगेहात पक्राउ गरेको छ।’
उनीहरु दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि आयोगको शाखा कार्यालय बुटवलमा लगिएको छ।
प्रवक्ता घिमिरेले भने–‘अब थप कागजी प्रकृया मिलाएर भोली बिहीबार नै आयोगको केन्द्रिय कार्यालयमा पठाउँछौ र केन्द्रिय कार्यालयले मुद्धाको प्रकृया अगाढी बढाउँछ।’
‘सामान्यतया रंगेहात घुस सहित पक्राउ परेका दुई जनाको जागिर त जाने नै भयो’ प्रवक्ता घिमिरेले भने–‘थप कारबाही अदालतको फैसलाका आधारमा हुन्छ।’





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग