ज्ञानेश्वर साहनी /नवलपरासी /पुस २४
नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयले चारपाङ्ग्रे सवारी चालक अनुमति पत्रका सुरु भएको छ।
नवलपरासीमा चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र सुरु भएपछि यहाँका बासिन्दालाई सवारी चालक अनुमति(पत्र प्राप्त गर्नका लागि बुटवल धाउनुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताउने गरेका छन् ।
पुस २२ गतेबाट चारपाङ्ग्रे सवारी साधन वर्ग B (कार जीप डिलेभरी भ्यान) वर्ग C ( टेम्पो , अटो-रेक्सा) वर्ग C1(ई- रेक्सा ) र वर्ग E (ट्याक्टर ) को अनुमतिपत्र लाइसेन्सको लागि यातायात व्यवस्था सेवा कार्यालय परासीमा अनलाइन आवेदन दिने सूचना उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका कार्यालय प्रमुख श्यामलाल न्यौपाने जानकारी दिनुभएको छ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका अनुसार पुस २३ गते मङ्गलबार देखि चारपाङ्ग्रे लाइसेन्स अनलाइन आवेदन खुलाउने समेत जानकारी दिनुभएको छ।
पारदर्शी रुपमा सञ्वालन भएको सवारी चालक अनुमति पत्रले स्थानीयहरूलाई सुविधा दिएपछि सरकार र यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी प्रति जिल्लाका विभिन्न संघ संस्थाले कृतज्ञता ज्ञापन गरेका छन्। पछिल्लो समयमा यातायातबाट हुने दुर्घटना व्यवस्थापनका लागि सवारी चालकहरूले अनिवार्य रुपमा अनुमति पत्र लिएर मात्र सवारी साधन चलाउन नियम लागु भएको देखिन्छ।
सवारी साधन अनुसार ग्रेडिङ् गरी अनुमति(पत्र दिने नीति लागुभएपछि दुर्घटनाको ग्राफमा सुधार आएको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख अमृत भण्डारीले बताउनु भएको छ । अनुमति पत्र लिई सवारी चलाउन पाउने नियम लागुभएपछि मानिसहरू सचेत भएर अनिवार्यरुपमा अनुमति पत्रको लागि आवेदन भरी प्रक्रियामा आएको देखिन्छ। नवलपरासीको यातायात विभाग कार्यालयले अनुमतिपत्र वितरणका लागि प्रक्रिया अगाडि बढाएको छ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरेको सिंहदरबारको अधिकार गाउँगाउँमा पुराउने अभियान अहिले नवलपरासी सम्म यातायात व्यवस्था विभागले पुराएको छ। यस्ता सेवा कार्यालयहरू जनतालाई सहज र सरलरुपमा सेवा लिन सक्ने स्थानमा पुराउनु पर्दछ। परासीमा सञ्चालन भएको सवारी चालक अनुमती(पत्र वितरण प्रकृया पनि जनमुखी हुनु पर्दछ। यसका लागि स्थानीय वासिन्दा तथा कर्मचारी र जनप्रतिनिधिहरूको भुमिका महत्वपुर्ण रहनेछ।