पुस २० नवलपरासी ।
पश्चिम नवलपरासीका सुनवल नगरपालिका वडा नम्बर ३ मा रहेको जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष वीर बहादुर सुनार सहितका ४ जनालाई काठ चोरीको आरोप लागेको छ ।
समितिको बैठकमा कुनै निर्णय नगरी तथा डिभिजन वन कार्यालयसगँ कटानको आदेश नलिई अध्यक्ष सहित समूहका ४ जनाको आपसी मिलोमतोमा सामुदायिक बन क्षेत्रबाट करिब ४०५० टन सालका गुलिया अवैध कटानी गरिको आरोप लागेको हो ।
कटान गरिएका करिब २ टेक्टर अबैध सालका गुलिया कार्यालयको पछाड़ी भागमा लुकाइएको अवस्थामा भेटिएको कर्ण बहादुर सेनले बताउनुभएको छ ।
जनउदय सामुदायिक वनका निवर्तमान अध्यक्ष बलबहादुर थापा र टेक बहादुर थापा द्वारा संयुक्त हस्ताक्षर निवेदनमा सोहि बिषयमा छानबिन गरि आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय परासी , सुनवल नगरपालिका ,वडा नम्बर ३ को वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सुनवल लाई ध्यानाकर्षण गराइएको छ ।
निवेदनमा जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष वीर बहादुर सुनार, उपाध्यक्ष रंजिता बुढ़ाथोकी , सह—सचिब खेम बहादुर गुरुंग र सदस्य राजू गुरुङको नाम किटान गरि कारबाहीको माग गरिएको छ । तर अध्यक्ष वीर बहादुर विकले भने यसको खण्डन गर्दै कि कुनै अनाधिकृत कटनान नभएको र राजनीति प्रतिशोध साधिएको जानकारी दिनुभएको छ । अध्यक्ष वि।क ले समितिको निर्णय र उपभोक्ता को माग अनुसार मान्छे मर्दा मर्दा दाउरा नभएको र जाडो मौसममा चोक(चोक, धार्मिक स्थलमा मुढा बाल्नका लागि सब डिभिजन कार्यालय सुनवल सगँ मौखिक सहमति लिई ढलेका सालका रूख काटिएको बताउनुभएको छ ।
त्यसका लागि लागत उठाएर सब डिभिजन कार्यालय सुनवललाई दिन ठिक्क पर्दा निवर्तमान अध्यक्ष बलबहादुर थापा र कर्णबहादुर सेनले नयाँ कार्यसमिति भित्र आफ्नो प्यानलले मान्छे नपरेमा सुनियोजित ढंगले फसाउने काम गरेको बताउनुभएको छ ।
उहाँ ले काटिएका ढलेका सालका गुलिया कुनै विक्रिवितरण नगरिएको भन्दै राखिएकोले आवश्यक छानबिन गर्न समेत माग गर्नुभएको छ।