इन्डो नेपाल भलिबल प्रतियोगिताको तयारी पूरा, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
बुटवलमा भोलि (बुधबार)देखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले जानकारी दिए ।
बुटवल–१० स्थित रामनगर खेलमैदानमा हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० हुने र सेमिफाइनल र फाइनलमा बढाउँदै लैजाने आयोजनाले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १० लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ ।
टर्फी अनावरण गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले एकेडेमीले खेलकुद र पर्यटन क्षेत्रलाई जोड्दै अघि बढेको बताए ।
यसले दक्ष खेलाडी उत्पादन गर्नुका साथै लुम्बिनी क्षेत्रलाई खेलकुदको क्षेत्रमा अघि बढाउन सघाएको बताए ।
विक्रम संवत् २०६६ सालमा स्थापना भएको एकेडेमी दक्ष र व्यावसायिक खेलाडी उत्पादनमा जुटेको एकेडेमीले समय-समयमा विभिन्न प्रतियोगिता गर्दै आएको बताए ।
प्रतियोगितामा यस क्षेत्रका सांसद तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनेछन् ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड