ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सचेतना कार्यक्रम गर्दै

ज्ञानेश्वर सहानी/नवलपरासी / पुष ११

पश्चिम नवलपरासी जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले ५ महिनामा ४३ लाख ४९ हजार ५०० सय राजेश्वर काटेको छ भने ३ हजार ७ सय १३ जना लाई कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरीले साउन महिनामा ९ लाख ६२ हजार भदौ मा ७ लाख ८३ हजार ५०० सय , असोज मा ७ लाख २६ हजार ५००‌ कार्तिक मा ७ लाख ६८ हजार ५०० र मंसिर मा ११ लाख ६ हजार राजस्व सङ्कलन गरिएको थियोे भने साउन महिनामा ८६१ जना‌ भदौ मा ७०७ , असोज मा ६१२ कार्तिक मा६३३ र मंसिर मा ९०० जना लाई कारबाही गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख अमृत भण्डारीले जानकारी दिएको छन् ।

सवारी दुर्घटनामा परी हरेक वर्ष ५० देखि सय जना सम्म ज्यान गुमाउने गरेको थियो भने अब कमी भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति आए पछि सवारी दुर्घटनामा कमी आएको छ ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सवीना नै सवारीसाधन चलाउने जस्ता गतिविधि लाई ठाउँका ठाउँ कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अमृत भण्डारीले बताउनु भएको थिन।

तराई जिल्लामा साँगुरा एवं गुणस्तरहीन सडक निर्माण भएकोले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छन।

उनका अनुसार जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच देखि लिएर जनचेतना मूलक कार्यक्रम भइरहेको जानकारी दिएको छन्।

सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दूरअवस्था सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनीकरणका लागी पर्चा पम्प्लेट वितरण, स्टिकर टास , सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी होर्डिङ बोर्ड जडान , चालक र सहचालकहरुलाई निशुल्क स्वास्थ्य सञ्चालन, स्कुल सम्पर्क कार्यक्रम, सवारी साधनहरूको चालक सहचालक तथा यात्रुहरूलाई प्रशिक्षण प्रदान , ट्राफिक प्रहरीद्वारा हाइवे गस्ती, दैनिक रूपले सचेतना कार्यक्रम गरी सवारी दुर्घटना वा कमी ल्याउन सचेतनामूलक कार्यक्रम गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख भण्डारीले जानकारी दिनु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीमा ४१ जना प्रहरी रहेको छन् भने एक ट्राफिकको भागमा १४ किमी क्षेत्र रहेको छ।जिल्ला भित्र मुख्य सडक ज्यामिरे पुल देखि दाउन्ने सम्म ३२.५ किलोमिटर रहेको छ भने हुलाकी सडक भुमही देखि भैरहवा सडक २९ किलोमिटर छ।

जिल्ला भित्र कालोपत्रे २२०.५ किलोमिटर छ भने ग्राभेल सडक २००रहेको छ भने कच्ची सडक १०० रहेको छन्। पक्की र कच्ची गरी ५ सय ३१ किलोमिटर सडक छ । एउटा ट्राफिकलाई १४ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ ।

जिल्लाका ४ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, जीप, स्कुटर र मोटरसाइकल रहेका छन् । तीव्र गतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चलाउने गरेका कारण बढी दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरी प्रमुख अमृत भण्डारीले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताए । ट्राफिक प्रहरी प्रमुख भण्डारीले सङ्गठन भित्र आर्थिक अनुशासनलाई सुदृढ बनाउने र ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिँधै आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

उनले भने, ‘एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारीसाधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्छु ।’ कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरलाई ट्राफिक नियमबारे जनचेतना जगाउन ६७० ठाउँ मा जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताए ।

‘यहाँ मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखियो’, उनले भने, ‘जसका कारण हुने मानवीय क्षति रोक्न मापसे जाँचलाई कडाइ गरिनेछ ।’ जिल्लाको सबैभन्दा ठूला ठाउँ भनेको परासी , बर्दघाट, सुनवल र भुमही हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतीपूर्ण रहेको छ ।

नवलपरासीको भुमही चोक, बर्दघाट , सुनवल र परासी ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति रहेको छ ।

कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्नेसमेत गरेका छन् । नवलपरासी जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्य योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायको जोड छ ।

More From Author

पुरानो उधारो विवादमा चक्कु प्रहार एक विद्यार्थीको मृत्यु

सशस्त्र प्रहरी बल नेपाल २७ गण हे क्वा रुपन्देहीद्वारा पजरकट्टी माध्यमिक विद्यालयको पेरोमिटर पर्खाल मरम्मत  रंगरोगन तथा भित्ते लेखनको सम्पन्न कार्यक्रम