भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
रुपन्देही / असोज ०४
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ हर्नहियास्थित डण्डापुल नजिक रहेको अक्वा पार्कको स्वीमिङ पुलमा डुबेर एक भारतीय किशोरको ज्यान गएको छ। बुधबार दिउँसो पौडी खेल्ने क्रममा भारतको उत्तर प्रदेश नौतनवा निवासी १७ वर्षीय साहिल अन्सारी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार अन्सारी अक्वा पार्कको स्विमिङ पूलमा पौडी खेल्ने क्रममा अचानक डुबेका थिए। तत्काल उद्धार गरी उनलाई उपचारका लागि भैरहवा स्थित भीम अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत्यु घोषित गरेका थिए।

डिएसपी कार्कीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ। गर्मीयाम सुरु भएसँगै स्वीमिङ पुल, पोखरी र नदीजस्ता जलाशयहरूमा मानिसहरूको भीड बढ्दै गएको भन्दै उनले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन्। “पानीमा खेल्दा सुरक्षाका उपायहरू अपनाउन जरुरी छ। साना बालबालिका र पौडी नजान्नेहरूलाई विशेष ध्यान दिनुपर्छ,” डिएसपी कार्कीले भने।
गर्मी छल्न तथा रमाइलोका लागि विभिन्न जलस्थलहरूमा मानिसहरूको भीड देखिन थालेको छ। यस्ता स्थानमा उचित सुरक्षा व्यवस्था र सतर्कता नअपनाउँदा ज्यानसम्म जाने जोखिम रहने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप जानकारी संकलन गरिरहेको कार्कीले बताए । आकस्मिक घटनाबाट जोगिने नागरिकलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आग्रह गरेको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड