समाचार
टिकटक बनाउँदा खोलाले बगाएर नर्स र विद्यार्थीको मृत्यु
७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ ।
स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोलाको खोंचमा खसेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । मृतकको शव खोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिइन् ।






भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड