समाचार
टिकटक बनाउँदा खोलाले बगाएर नर्स र विद्यार्थीको मृत्यु
७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ ।
स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोलाको खोंचमा खसेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । मृतकको शव खोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिइन् ।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड