बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
समाचार

प्रबर्धनमा स्थानीय सरकार र सञ्चारकर्मी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ फाल्गुन २०८१, आईतवार
४ फाल्गुन २०८१, आईतवार

धन्नजय उपाध्याय/ररुपन्देही

मर्चवार प्रेस क्लब को आयोजनामा पर्यटन प्रवर्धनमा स्थानीय सरकार र सञ्चारकर्मीको भूमिका विषय बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै मर्चवार प्रेस क्लबको सल्लाहकार तथा वरिष्ठ पत्रकार राम विकास चौधरीले देउरवा बाबा बुद्ध संग सम्बन्धित स्तुपा भए पनि उत्खननको अभावमा यसको परवर्धन गर्न नसकेको बताए । उनले स्थानिय तहहरु मर्चवारको पर्यटन प्रवद्र्धनमा गम्भिर नभएकोले पनि यस्ता प्रचुर सम्भावना बोकेका स्थलहरु ओझेलमा रहेको बताए ।

मर्चवार मा स्थित विभिन्न पुरातात्विक प्राचीन स्थानको बारेमा विस्तृत रूपमा वर्गीकरण गरी यसको संरक्षण गर्नको लागि चौधरीले स्थानीय सरकारसँग अनुरोध गरेका थिए। मर्चवारमा पहुँच मार्गको अभाव, प्रर्याप्त बजेटको अभाव, उपेक्षा लगायतका कारण लुम्बिनीको नजिक रहे पनि मर्चवारका दर्जनौ पर्यटकिय स्थलहरुको विकास हुन नसकेको चौधरीले बताए । कार्यक्रमका सहभागीहरुले पनि स्थानिय तहहरु मर्चवारको पर्यटन प्रवद्र्धनमा गम्भिरतापूर्वक नलागेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले मर्चवार लाई कसरी पर्यटकीय क्षेत्र बनाउन सकिन्छ र पर्यटकहरूलाई मर्चवारमा कसरी भित्र्याउने भन्ने विभिन्न विषयमा विस्तृत रूपमा आफ्नो मन्तव्य राखेका थिए। गौतम बुद्ध विमानस्थल को पश्चिम बनगाई देखि मर्चवार आउने मुख्य बाटोमा ठूलो गेट जसमा (मर्चवार प्रवेश) को बोर्ड राख्नको लागि कुर्मीले मर्चवार को तीनवटै स्थानीय सरकारसँग आग्रह गरेका थिए। सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले मर्चवारका पर्यटकिय स्थलहरु सम्म बाटो पु¥याउनु पर्ने बताए । शिक्षा, स्वास्थ्य संगै पर्यटकिय भौतिक पूर्वाधारहरुको विकास गर्न सके मात्र यस्ता स्थलहरुमा पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनको तर्क रहेको थियो ।

कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारको पर्यटन प्रवद्र्धनमा स्थानिय तहबाट हुन सक्ने प्रयाप्त कामहरु हुन नसकेको स्विकार्दै आगामी वर्ष देखि यसलाई एउटा छुट्टै फाँट नै खडा गरि काम गरिने बताए । “ आगामी आर्थिक वर्षमै मर्चवारीमा पर्यटन फाँट खडा गरि दक्ष जनशक्ति राख्नेछु, स्थानिय पत्रकारहरुको सहयोगमा यसको प्रवद्र्धनको थालनी गर्ने सोच बनाएको छु ।” बरईले भने “अहिले सम्म प्रयाप्त काम भएको छैन, केही बजेटको अभाव र केही सरकारी अपहेलनाको कारण मर्चवारको पर्यटन विकास हुन सकेको छैन, तर अब यसको विकासमा हामी आफै लाग्नेछौं ।”

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद श्रीवास्तवले मर्चवारमा रहेका तीनवटै पालिकाले मिलेर यसबारे ठोस योजना बनाउन आवश्यक रहेको बताए । उनले अब कुरा गर्नुको सट्टा मर्चवारको विकासको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउदै यसको लागि सबै लाग्न आव्हान गरे । उनले अहिले सम्म मर्चवारमा पर्यटकिय क्षेत्रको पहिचान गर्नै नसकेको बताउदै बल्ल अब यसको सुरुवात भएको बताए । अबको दिनमा स्थानियहरु संगै प्रदेश सरकार र केन्द्रिय सरकारको सहकार्यमा यस्ता क्षेत्रहरुको प्रचार र प्रवद्र्धनमा लाग्ने उनले बताए ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकिसुन त्रिपाठीले लुम्बिनीको नजिक रहे पनि लुम्बिनीबाट पाउनु पर्ने कुनै पनि फाईदा मर्चवारका पालिकाहरुले पाउन नसकेको जिकिर गरे । स्थानिहरुले लुम्बिनीमा जग्गा दान गरे पनि त्यसको फाईदा पाउन नसकेको उनको भनाई छ । लुम्बिनीसंगै जोडिएर रहेको पालिकाको पर्यटकिय स्थलहरुको विकासमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले अहिले कोटहीमाई गाउँपालिको “मर्चवार दर्शन” नाम दिएर मर्चवारको पर्यटकिय र सांस्कृतिक सम्पदाहरु जोडिने गरि बाटो निर्माणको तयारी थालिएको जानकारी दिए । “असहले सम्म हामीहरु मर्चवारमा धान गहु मात्र उत्पादन हुन्छ र त्यसैले समृद्धि गर्ने सोचमा थियौ ।” त्रिपाठीले भने “तर अब मर्चवारमा पर्यटनबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सोचमा पुगेका छौं र आगामी दिनमा यसैलाई आत्मसात गरेर निति तथा कार्यक्रममै ल्याउने छौं ।”

कार्यक्रममा बोल्दै समाजसेवी आशुतोष मिश्राले राजनीतिक आस्था फरक भए तापनि मर्चवारको पर्यटन प्रवर्धन विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।

मर्चवार प्रेस क्लबका अध्यक्ष ह्ृदयराम गुप्ताको अध्यक्षता तथा सचिव अस्लम खाँनको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानिय एडी खाँन, रामनयन वरुण, जिल्ला समन्वय समिति सदस्य राजमन हरिजन लगायतले बोलेका थिए ।

लेखकको बारेमा