सम्मरीमाई गाउँपालिका वडा नं २ को नयाँ भवन समुद्घघाटन
धन्नजय उपाध्याय/रुपन्देही
सम्मरीमाई गाउँपालिका वडा नं २ को नयाँ कार्यालय भवन को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

बि.सं. २०७३ साल मा संघीय मामिला तथा स्थानीय तहतर्फ स्थानीय सरकारको संरचनादेखि नै अहिलेसम्म सम्मरीमाई गाउँपालिका वडा नं २ को कार्यालय पुरानो जर्जर अवस्थामा रहेको एक तल्ले बिल्डिङमा थियो।

त्यसलाई मध्येनजर राखेर वडा नम्बर २ को कार्यालयलाई व्यवस्थित गर्नको लागि पैसा छुट्याइयो, अहिले पुरानो कार्यालय देखि करिब एक किलोमिटर उत्तर तर्फ बनगाई मा वडा नम्बर २ को नयाँ भवन निर्माण भएको छ, त्यसैको आज समुद्घघाटन कार्यक्रम राखिएको थियो।
कार्यक्रमको अध्यक्ष सोही वडाको वडा अध्यक्ष अजय कुमार गुप्ता बनिया र सङ्घीय संसद पूर्व शिक्षामन्त्री माननीय सर्वेन्द्रनाथ शुक्ल ज्यूको प्रमुख अतिथ्य, सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह लगायत देहायको उपस्थितिमा कार्यक्रम भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय संसद तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला ले तीन तहको सरकारको बारेमा वर्गीकरण गरेर जनता अगाडि प्रकट गरे र आफू निर्वाचित क्षेत्रका सम्पूर्ण जनताको समस्या भनेको मेरो समस्या हो, यसलाई संसदमा मा लगातार उठाउँछु भन्ने शुक्लले बताए ।
साथसाथै आफू निर्वाचित क्षेत्रको जनसमुदायको कुनै पनि किसिमको कार्यक्रममा सहभागी र जनसेवा मेरो जीवनको उद्देश्य हो, जुनसुकै बेला मेरो क्षेत्रको जनताहरू मलाई फोन गर्दा म व्यस्त भएको समयमा नउठाउन सक्दा समय मिल्ने बित्तिकै तुरुन्तै फोन फर्काउँछु भन्ने शुक्लले बताए ।
पुरानो बिल्डिङ हुँदा जनताहरूलाई धेरै समस्याको सामना गर्न पर्थ्यो, अब नयाँ बिल्डिङ हुँदा सेवाग्राहीहरूलाई पनि सजिलो हुन्छ भन्ने सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव ले बताए ।
निर्वाचन हुनुभन्दा पहिला मैले मुख्य तीनवटा वाचा आफ्नो वडाको जनताहरूसँग गरेको थिएँ, जसलाई लगभग ९० प्रतिशत पूरा गरिसकेको छु बाँकी १०% पनि छिट्टै पूरा गर्छु भन्ने वडा अध्यक्ष अजय कुमार गुप्ता बनिया सोही कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा सोही वडाको वडा अध्यक्ष अजयकुमार बानिया, संघीय संसद तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह, सचिन्द्रनाथ शुक्ल, विनोद गरुड,घनश्याम यादव, सन्दिप त्रिपाठी, सम्मरीमाई गाउँपालिका वडा नं ७ को अध्यक्ष राधेश्याम कुर्मी, गणेशप्रसाद पाठक, विक्रम तेली, कलामुद्दिन मुसलमान, शकुन्तला हरिजन, गणेश पाल, भीमलाल पौडेल, विनोद वरुण गरी अन्य पदाधिकारी र जनसमुदायको बीच कार्यक्रम सम्पन्न भएको थियो।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड