बिहीबार, ०१ फागुन २०८१
समाज

चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

December 31, 2024
December 31, 2024

चितवनको रत्ननगरपालिका-१४ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर १६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट पाँचजना घाइते भएका छन्।

रत्ननगर-१६ कै ७८ वर्षीय डम्बरबहादुर थापा, रत्ननगर-१४ की ६० वर्षीया मिना गुरूङ र रत्ननगर-१२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल र पुजन विक घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ।

पोखरेलको सीएमसी शिक्षण अस्पतालमा र अरूको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ। चितवनकै खैरहनी हुँदै आएको उक्त गैँडालाई स्थानीयले जंगलतर्फ लखेटेका छन्।

लेखकको बारेमा