सखुवा प्रसौनीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ६१ जनामा मोतियाबिन्दु पुष्टि
पर्सा
सखुवा प्रसौनी गाउँपालिका–५ मा गाउँपालिका अध्यक्ष जीवन रक्षा अभियान अन्तर्गत महुवन स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आयोजित शिविरमा ठूलो संख्यामा सेवाग्राही सहभागी भएका थिए।
शिविरमा २०६ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए, जसमा ६१ जनामा मोतियाबिन्दु देखा परेको छ। ती बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि आवश्यक परामर्श प्रदान गरिएको छ। किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरेका थिए।

वृद्धवृद्धा तथा अन्य आँखासम्बन्धी समस्या भएका व्यक्तिहरू विशेष रूपमा लाभान्वित भएका छन्। शिविरमा सखुवा प्रसौनी गाउँपालिका–५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरि, समाजसेवी चन्दन सहनी निषाद, जदु शाह तेली लगायतको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता स्वास्थ्य शिविरहरू ग्रामीण भेगका जनताका लागि अत्यन्त लाभदायक हुने बताए।

शिविरमा आएका सेवाग्राहीहरूले गाउँपालिकाद्वारा उपलब्ध गराइएको निःशुल्क स्वास्थ्य सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गरेका छन्। आयोजकहरूले शिविर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड