पाल्हीनन्दनमा निःशुल्क स्वास्थ्य शिविर तथा मनोपरामर्श कार्यक्रम सम्पन्न
रंजीत शर्मा / नवलपरासी / २३ फाल्गुन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ हरपुरमा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ।
“सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा साधारण स्वास्थ्य परीक्षण, महिलाहरूको स्वास्थ्य समस्याको जाँच तथा मनोसामाजिक परामर्श प्रदान गरिएको थियो।

शिविर पाल्हीनन्दन गाउँपालिकाको सहकार्य र यूनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना र इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा संचालित एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना अन्तर्गत सञ्चालन गरिएको थियो। देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, देवदह-५, भलुहीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १० जना दक्ष तथा अनुभवी चिकित्सकहरू सम्मिलित थिए।

शिविरको उद्घाटन पाल्हीनन्दन गाउँपालिका-२ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको अध्यक्षता र उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा एकता अन्तरधार्मिक शान्ति सञ्जालका अध्यक्ष श्रीकान्त मिश्र, कार्यपालिका सदस्य लीलावती हरिजन, वार्ड सदस्य आशामा खातुन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम महिला शाखाका प्रमुख सुमन गुप्ताले सञ्चालन गरेका थिए भने परियोजना संयोजक कृष्ण पाण्डेले स्वागत मन्तव्य सहित कार्यक्रमको विषयमा प्रकाश पारेका थिए। शिविरबाट २ सयभन्दा बढी लाभान्वित भएका छन्।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड