हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
मर्चवार।
सम्मरीमाई गाउँपालिका वडा नं. ७ हर्दि मा आयोजित “हरदी प्रिमियर लिग सिजन–२” क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा भैसागाहनले घरेलु टोली हरदीलाई २३ रनले पराजित गर्दै उपाधि हात पारेको छ। निकै प्रतिस्पर्धात्मक बनेको १२–१२ ओभरको फाइनल खेलमा दुवै टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
सम्मरीमाई गाउँपालिका वडा नं. ७ मा सम्पन्न फाइनल खेलमा टस जितेको हरदीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङतर्फ उत्रिएको भैसागाहनले १२ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको हरदी ले सुरुआत राम्रो गरे पनि लगातार विकेट गुमाउँदा निर्धारित ओभरमा १०१ रन मात्रै बनाउन सफल भयो। यससँगै हरदी २३ रनले पराजित हुन पुग्यो भने भैसागाहनले प्रतियोगिताको उपाधि जित्यो ।
हरदी को टोलीमा कप्तान मौलेश कुमार दुबे (व्यवस्थापन समितिका अध्यक्ष), उपकप्तान रियाज अहमद खान, धनन्जय कुमार उपाध्याय, शौकत अली, वशिष्ठ मिश्र, नजामुदिन शाह, हृदेश धवल, रामबचन यादव, सुनिल यादव र कुलदिप कहार लगायतका खेलाडीहरूको सहभागिता रहेको थियो।
त्यस्तै विजेता टोली भैसागाहन मा कप्तान अतिकुर रहमान, उपकप्तान वहाब खान, इमरान खान, कैमु, सुड्डु, भुट्टु लगायतका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
प्रतियोगिताको प्रथम पुरस्कार सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम कुर्मीले ३१,५०० विजेता टोलीलाई प्रदान गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कुर्मीले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र सकारात्मक मार्गतर्फ अघि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गाउँस्तरमा भइरहेको खेलकुद गतिविधिले प्रतिभावान खेलाडी को पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम सफल बनाउन वडा अध्यक्ष कुर्मीको विशेष योगदान रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको व्यवस्थापन, समन्वय तथा खेलकुदप्रतिको उहाँको सक्रिय सहयोगका कारण कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि कुर्मीले विजेता तथा उपविजेता दुवै टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलभावनालाई सदैव उच्च राख्न आग्रह गर्नुभयो।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड