मर्चवारी गाउँपालिका एच.पि.भी खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
मर्चवारी गाउँपालिका मा पालिका खोप समन्वय समिति पत्रकार सञ्चारकर्मी तथा सरोकारवाला हरुको लागि एच.पि.भी खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एच.पि.भी खोपको बारेमा र पाठेघरको मुखको क्यान्सर सम्बन्धी विभिन्न जानकारीहरू मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाह ले दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि सोही गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरई ले एच.पि.भि खोप सबै १० वर्षदेखि १४ वर्षसम्मको किशोरी हरूलाई पाठेघर विरुद्ध यो खोप अनिवार्य लगाउनुपर्दछ, यो खोपबाट पाठेघरको मुख को क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न सकिन्छ भन्ने सबैलाई यो खोप लिन को लागि आग्रह गरेका थिए ।
नेपाल सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान जारी छ । गत फेब्रुअरी ४ (माघ २२ गते) अर्थात् विश्व क्यान्सर दिवसको अवसर परेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ अभियान सुरु गरेको थियो ।
फागुन ६ गतेसम्म देशभरि सञ्चालन हुने अभियान उत्साहजनक चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले देशभर १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । एचपिभी खोप एकदमै सुरक्षित रहेकोले निर्धक्कसँग खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।
खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र, आठ हजार दुई सय अन्य खोप केन्द्र छन् भने २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन भएका छन् ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड