बिहीबार, ०१ फागुन २०८१
स्वास्थ्य

तेनुहवा स्वास्थ्य चौकि र आमा स्वास्थ्य चौकिमा शिघ्र कुपोषण बच्चाहरुलाई ओटिसी बहिरङ उपचार केन्द्र को सुभारम्भ

March 10, 2025
March 10, 2025

अन्जना चौहान / लुम्बिनि

लुम्बिनि सास्कृतिक नगर पालिकाको आयोजनामा पोशण मार्फत जीवन रुपान्तरण परियोजनाको सहयोग मा तेनुहवा स्वास्थ्य चौकि र आमा स्वास्थ्य चौकिमा शिघ्र कुपोषण भएका बच्चाहरुको उपचारको लागि OTC बहिरङ उपचार केन्द्र को सुभारम्भ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न पूवडा अध्यक्ष खुर्सेद आलम मुसलमान र वडा न १२ वड अध्यक्ष हरिकेश लोध दुबै वडाका अध्यक्ष हरुबाट स्वास्थ्य सस्थाहरुलाई उपकरण ,सामाग्री र औषधी हतान्तरण गरि शुभारम्भ गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा न ५ अध्यक्ष . खुर्सेद आलम मुसलमानले .बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक बलियो जग हो। राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित हजारौं .बालबालिकाको लागि वास्तविकता निकै तितो छ। कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन ।

यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने गर्दछ। समुदायहरुमा बालबालिकालाइ समय अनुसारको चेक जाच नगराउने घर्यासी कामले र . खेतीकिसानी कामले ले गर्दा ध्यान नदिएको कारण कुपोण हुने सम्भावना बढी हुन्छ । वडा अध्यक्षहरुको मन्तवय रहेको थियो।

लुम्बिनी साँस्कृतिक .नगरपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुबराज घिमिरे ,हेलन केलर ईन्टर नेस्नल सस्थाको परियोजना प्रमुख भिमा पराजुलि ,सेतो गुरास बाल बिकाश केन्द्रका कार्यकम संयोजक मिनु पुन मिना चौधरी प्रविन उपाध्यय सहित दुबै सस्थाका कर्मचारिहरु महिला स्वास्थ्य स्वय सेविका लगायत को उपस्थिति रहेको थियो |

लेखकको बारेमा