गुल्मी -थोर्गाका एक युवाले अरिङ्गाल खेतिको सुरुवात गरेका छन् । गुल्मी रुरु गाउँपालिका ३ थानपति ओखलढुङाका कमल घर्तिले अरिङ्गालको गोला पालिरहेका छन । आफ्नो घर अघिको बारिमा भएका रुखमा झुण्डाएर उनले अरिङ्गाल खेतिको सुरुवात गरेका छन् ।


रातिको समयमा जंगलमा रहेका अरिङ्गालको गोला लाइ रुखको हाँगा सहित काटेर ल्याइ घर अघिको रुखमा झुण्डाएर पाल्ने गरेका छन् । अहिले उनि संग १२ वटा अरिङ्गालको गोलाहरु रहेको छ् । यो काम निकै जोखिम पुर्ण रहेपनि यसले भने उनलाइ आम्दानिको श्रोत जुराइ दिएको छ्। यसको लार्भा लाइ रिडी तथा आसपासको बजारहरु मा प्रति माना ९ सयका दरले बिक्रि गर्ने गरेका छन ।