म्यानचेष्टर सिटीले जितेव- सेभिया सुटआउटमा ५-४ ले पराजित

म्यानचेष्टर सिटीले जितेव- सेभिया सुटआउटमा ५-४ ले पराजित

काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको एक/एक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो ।

जहाँ सुरुवाती ९ प्रहार गोलमा परिणत हुँदा सेभियाका नेमान्जा गुडेको प्रहार बारमा लागेको थियो । त्यसअघि युसुफ एन नेस्रीले २५औं मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए तर सिटीका कोल पाल्मरले ६३औं मिनेटमा बराबरी गोल फर्काए ।   पेनाल्टीसुटआउटमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरे । सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *