दुई समूहबीच भएको झडपमा २७ जनाको मृत्यु

दुई समूहबीच भएको झडपमा २७ जनाको मृत्यु

 

दुई प्रमुख सशस्त्र समूहबीच लिबियाको राजधानी त्रिपोलीमा भएको झडपमा २७ जनाको मृत्यु भएको छ ।

झडपमा परी एक सयभन्दा बढी घाइते भएकाे त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रले जनायकाे छ ।  मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । 

 

प्रत्यक्षदर्शीले दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको बताएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो ।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन ।

रेडक्रिसेन्ट सोसाइटीले त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको पनि कुनै सूचना दिन अस्वीकार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *