घर घरमा डिग्री-सीप कहिले सिकाउने ?

घर घरमा डिग्री-सीप कहिले सिकाउने ?

घर घरमा ब्याचलर सकेका, डिग्री सकेका मान्छे छन् ।
तर, घरको खानेपानीको पाइपमा समस्या आउँछ ।
ब्याचलरधारीलाई बनाउन आउँदैन ।
फोन गर्यो बेलामा प्लम्बर आउँदैन ।
किनकी उसँग सीप छ, भ्याइनभ्याइ छ ।
घरको विद्युतमा समस्या पर्यो ।
डिग्रीधारीलाई बनाउन आउँदैन ।
फोन गर्यो बेलामा इलेक्ट्रिसियन आउँदैन ।
किनकी उसँग सीप छ । उसलाई भ्याइनभ्याइ छ ।
मिस्त्री काम गर्नेहरुको दैनिकी नियाल्नुहोस्, सास फेर्ने फुर्सद छैन ।
कार्पेन्टरको माग हेर्नुहोस्, जताततै छ ।
सीप र दक्षता भएकाहरु खाली हात बस्नुपरेको छैन ।
तर ब्याचलरधारी र डिग्रीधारी युवाशक्ति बेरोजगार छन् ।
दिनभर उनीहरुको काम नै काम खोज्ने हो ।
उनीहरुले आफ्नो शैक्षिक योग्यता अनुसार काम पाएका छैनन् ।
सरकारी जागिर सिमित छ ।
उता देशका उद्योगधन्दामा काम गर्ने मानिस नेपालमा पाइन्न ।
अधिकतम भारतबाट आउँछन् ।
यता बेरोजगारी नेपाली चाहिँ प्रमाणपत्र दराजमा थन्क्याएर खाडी उड्छ्न् ।
यो समस्या सबैलाई थाहा छ ।
नेतृत्व तहमा बसेकाले समाधानको उपाय निकाल्न ढिला भइसक्यो ।
कहिलेसम्म नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक मात्रै पढाएर बेरोजगार बनाउने ? सीप कहिले सिकाउने ? उद्यम कहिले सिकाउने ? देशलाई धनी बनाउने कृषि किन सबैतिर नसिकाउने ? खै कहिले बनाउने यो देश ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *