गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न

भदौ ११-गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न ।

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा गरिएको छ । गत आर्थिकवर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका सेवा र प्रगतिको शनिबार समिक्षा गरिएको हो ।
गाउँपालिकाको सभाहलमा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाको प्रगति समिक्षा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत
र नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य स्ंवयसेविकाहरुलाई
प्राथमिक उपचारका लागि किट बक्स समेत प्रदान गरिएको थियो ।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाले पालिका भित्रका नागरिकहरुको स्वास्थ्यप्रति पालिकाले पहिलो प्राथमिकता दिएको बताएका छन् ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधहरु, जनप्रतिनिधि ,स्वास्थ्य
कार्यालयका प्रमुख पशुपति आचार्य र पत्रकारहरुको उपस्थिति रहेको थियो । वडा नम्वर तीनका वडा अध्यक्ष रामबबहादुर थापाको अध्यक्षतामा कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *