ललिता निवास प्रकरणः प्रतिवादीहरुको बयान आजबाट सुरु

भाद्र 11-ललिता निवास प्रकरणः प्रतिवादीहरुको बयान आजबाट सुरु

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान हुँदैछ ।

आइतबार सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आजदेखि उनीहरुसँग बयान लिइने भएको हो ।

सरकारी वकिलको कार्यालले प्रतिवादीहरु मिन बहादुर गुरुङ, गोपाल कार्की, बाबुराजा महर्जन, शिबजी भट्टराई, घमन कुमार कार्की, देव नारायण महर्जन, ध्रुव प्रसाद अर्याल, नारायणराज मिश्र, युवराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, बिनोदप्रसाद पौडेल, केशव तुलाधर, कलाधर देउजा, अरुणकुमार श्रेष्ठ, संजयकुमार महर्जन, लोकहरी घिमिरे र सकलानन्द महर्जनलाईलाई अभियोग पत्रको साथमा अदालतमा पेश गरेको थियो ।

१८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म ‘सङ्गठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘सङ्गठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदावी लिएको छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *