पाल्पाकोअर्गलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

भदौ ११- पाल्पाकोअर्गलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते ।
पाल्पाको अर्गलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ आउदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ।
सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ ।
यस्तै मोटरसाइकलको पछाडी बसेका नवलपरासीका १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *