भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान

भदौ ११-भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान हुने ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गते भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।
भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी आवस्यकता अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले जनाएको छ ।
उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *