बिहीबार, ०१ फागुन २०८१
अर्थतन्त्र

आर्थिक तथ्यांकका सरोकारवालाहरुसंग आर्थिक गणनाको जिल्ला स्तरीय गोष्ठी सम्पन्न

March 24, 2025
March 24, 2025

रुपन्देही/
मिति २०८१/१२/१० आर्थिक तथ्यांकको आवश्यकता तथा आगामी आर्थिक गणना २०८२ को तयारी सम्बन्धि विषयमा सरोकारवालाहरुसंग जिल्ला स्तरीय गोष्ठी तथ्यांक समन्वय कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता तथ्यांक समन्वय कार्यालय रुपन्देहीका कार्यालय प्रमुख विपिन कुमार पंजियार ज्युले गर्नु भएको थियो । भने प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका जि. स. स. प्रमुख उमाकान्त चपाई , विशिष्ट अतिथि उद्योग वाणिज्य संघ सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, प्रतिनिधि , भैरहवा वहुमुखी क्याम्पसका प्राध्यापक लगायतका सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।


कार्यक्रममा तथ्यांक समन्वय कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत यज्ञमुर्ती भण्डारी र तथ्यांक अधिकृत नन्दलाल कुर्मी ज्युले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र उपर सहभागीहरुको तर्फबाट जिज्ञासा तथा सुझावहरु राखिएको थियो । उत्तरदाताहरु माथिको बोझलाई कम गर्न एकीकृत तथ्यांक प्रणालीको स्थापना गर्नुपर्ने , विभिन्न सरकारी निकायहरु बिच समन्वय कायम गर्नुपर्ने, कागजी प्रश्नावली भन्दा online मा आधारित प्रविधिको प्रयोगमा जोड दिनुपर्ने जस्ता सुझाव सहभागीहरुले राखेका थिए ।


कार्यक्रममा कृषि ज्ञान केन्द्र रुपन्देहीका कार्यालय प्रमुख शिव प्रसाद अर्याल , उद्योग वाणिज्य संघ सिद्धार्थ नगरका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु , जि.स.स. प्रमुख उमाकान्त चपाई ज्युले मन्तव्य राख्नु भएको थियो ।

लेखकको बारेमा