बिहीबार, ०१ फागुन २०८१
अर्थतन्त्र

नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै

August 28, 2025
August 28, 2025

परासी, ११ भदौ ।

नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले सहज र सुविधायुक्त औद्योगिक वातावरण भएकै कारण नवलपरासीमा उद्योगीहरुको आकर्षण बढेको बताउनुभएको छ । जिल्लामा बहुराष्ट्रिय ठूला तथा मझौला उद्योग स्थापना हुनेक्रम बढ्दोे छ ।


परासी प्रेस क्लवले बुधबार परासीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले उद्योगका लागि सहज ,सम्भावना र सुरक्षित लगानीको गन्तव्य रहेको भन्दै नवलपरासीमा लगानीका लागि आह्वान समेत गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ उद्योगहरु बढ्नुको कारण के हो भने नवलपरासी जिल्ला पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ, हुलाकी सडक आसपास पर्याप्त जग्गा उपलब्ध छ,भन्सारको सुविधा छ,जग्गाको मूल्य अन्यन्त्र भन्दा सस्तो छ, विद्युतको सेवा सहज छ,सडकको सुविधा पनि राम्रो छ ।”


पछिल्लो समय औद्योगिक हवको रुपमा अघि बढेको नवलपरासी जिल्लामा स्थापना हुने उद्योगहरुको सञ्चालनलाई सहज बनाउन उद्योग वाणिज्य संघले पहल गरिरहेको वरिष्ठ उपाध्यक्ष अग्रहरीले उल्लेख गर्नुभयो । यहाँ स्थापना भएका संयौँ उद्योगहरुमा ९० प्रतिशत स्थानीयले रोजगारी पाएको उहाँको दाबी छ ।


ठूला उद्योग खुल्ने क्रम बढ्दै गर्दा घरेलु तथा साना उद्योगहरु भने बन्द हुने अवस्था रहेको बताउँदै उपाध्यक्ष अग्रहरीले कोभिड महामारीपछि आर्थिक मन्दीका कारण साना उद्योगहरु मारमा परेको उल्लेख गर्नुभयो ।


“बैंकको ऋण लिएर चलाइएका उद्योगले १८ प्रतिशतसम्म व्याज तिर्नुपर्ने अवस्था पनि आयो,व्याज घटाउन हामीले आन्दोलन पनि गर्यौँ,त्यस्ता उद्योगलाई व्याज घराएर थप कर्जा उपलब्ध गराएर सञ्चालन गर्ने वातावरण बनाउन सरकारले सँग उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

लेखकको बारेमा