बिहीबार, ०१ फागुन २०८१
अर्थतन्त्र

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

March 20, 2025
March 20, 2025

अजय मिश्र कपिलवस्तु , चैत्र ७

जिल्लाकाे कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके शुरु भएकाे छ ।

कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके ताैलिहवा व बुटवल धाउनुपर्ने समस्या समाधान भएकाे छ । ताैलिहवा स्थित यातायात व्यवस्था सेवा कार्यालयकाे मताहतमा भन्सार नाकाबाटै पट्के सेवा सुरु गरिएकाे कार्यालय प्रमुख गोबिन्द चौधरीले जानकारी दिनुभएकाे छ ।
खासगरि भारतकाे पर्यटकलाइ भित्र्याउन सके देशकाे अर्थतन्त्रमा ठुलाे टेवा पुग्ने बताउदै पटके कार्यालय नाकामै खुल्दा कृष्णनगर बजार र नेपालका धार्मिक स्थलमा चहल।पहल बढ्ने पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई छ ।
संघ,प्रदेशका सबै सराेकारवाला निकायमा पटक पटक आवाज उठेकाे थियाे तर आज अधिकारिक रुपमा कृष्णनगर नाका मै पट्के कार्यालय स्थापना भएकाेमा सहयाेगीसबैलाई हृदयदेखि धन्यवाद दिदै व्यवसायी हकहितमा आफू सदैव तत्पर रहने उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष रितेश शर्माले बताउनुभयो ।

यातायात व्यवस्था सेवा कार्यालय तौलिहवा कपिलवस्तु मताहत रहनेगरि यातायात व्यवस्था सेवा कार्यालयकाे एक्टेन्सन शाखा पुरानाे नगरपालिका भवनमा स्थापना गरि पट्के सेवा सुचारु भएकाे छ । अब भारतीय गाडीबाट नेपाल घुम्न आउने पर्यटककाे संख्या बढ्ने अनुमान गरिएकाे छ ।

लेखकको बारेमा