समाजवादी मोर्चाको बैठक आज बस्दैछ।

काठमाण्डौ-  हिजो आइतबार साँझ बस्ने भनिएको बैठक कारणबस बस्न नसकी समाजवादी मोर्चाको बैठक आज बस्दैछ । माधवकुमार नेपालको अध्यक्षतामा समाजवादी मोर्चाको बैठक बस्दै,बर्तमान राजनैतिक घटनाक्रमका बिषयमा छलफल हुने ।

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने तयारी छ। यसैगरी, बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ। मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएपछि आज दोस्रोपटक बैठक बस्न लागेको हो।मोर्चा गठन भएको करिब तीन महिना भएको छ। मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *