आज नाग पञ्चमी-घरको मूलढोकामा नागको फोटो चित्र टाँसेर पूजा गर्दै

आज नाग पञ्चमी।  घरको मूलढोकामा नागको फोटो चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी  मनाइँदै छ। आज विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ।

 

श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि नागको चित्र गोबरले टाँसेर गाईको  दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ। रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *