रेन्बो बोर्डिङ्ग स्कुलले बिध्याथीलाई बक्तृत्वकला तालिम दिएको छ ।

रेन्बो बोर्डिङ्ग स्कुलले बिध्याथीलाई बक्तृत्वकला तालिम दिएको छ ।
भदौ २
रेन्बो सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कुल रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार गुल्मीले बिध्यार्थीको क्षमता बिकासको लागि ३ दिने बक्तृत्वकला तालिम दिएको छ । साउन ३१ गते देखि भदौ १ गते सम्म ३ दिन बादबिवाद, बक्तृत्वकला र उद्घोषण गर्न इच्छुक बिध्यार्थीलाई तालिम दिएको हो ।
रेन्बो बोर्डिङ्ग स्कुलका प्रिन्सिपल योजन खत्रीले बिध्यार्थीको रुची र मागका आधारमा तालिम दिईएको बताउनु भयो । उहाले बादबिवाद, बक्तृत्वकला र उद्घोषण “कला” भएकोले सैद्दान्तिक ज्ञान मात्रले नभई बिध्यार्थीको रुची, क्षमता र अभ्यासमा निखारिदै जाने भएकोले अभ्यास गर्न बिध्यार्थीलाई आग्रह गर्नु भयो । तालिममा स्थानिय संचारकर्मीले सहजिकरण गरेका थिए । तालिममा ४५ जाना बिध्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *