चलचित्र ‘एक भगवत् गीता’मा कलाकारहरुको क्यारेक्टर लुक्

भदौ २९ गते शुक्र्बाबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । फिल्मका शीर्ष पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले चरित्र चित्रणबारे धेरै कुरा देखाउँछ ।

सार्वजनिक पोस्टरहरुमा  विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ ।

पहिलो पोस्टरमा विपिन कार्कीलाई उनको पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । कमलामाई नामक पात्रमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ ।

अन्य पोस्टरमा धीरज मगर र सुहाना थापा चित्रित छन् । अर्को एक पोस्टरमा धीरज र सुहानालाई रोमान्टिक अवतारमा पेश गरिएको छ।पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ ।

अर्को एक पोस्टरमा सुहानालाई बालकसँग देख्न सकिन्छ । यी तीन पोस्टरले चरित्रको मुडलाई दर्शाएको छ ।

चलचित्रको प्रचारको आरम्भ पोस्टर रिलिजसँगै गरिएको निर्माता सुनिल कुमार थापाले बताए ।‘आजबाट हामी पब्लिसिटीमा उत्रिएका छौं । अब देशव्यापी आक्रामक रुपमा दर्शकमाझ प्रचार लिएर जान्छौं,’ थापाले खत्रा निउजसँग भने । 

झरना थापा निर्देशित यो फिल्मलाई जनकपुरको जानकी मन्दिर र पोखराको सेटिङमा छायांकन गरिएको हो । फिल्मलाई सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *