गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध

भाद्र ९ -गुल्मी -गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध

गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध भएको छ । चोरकाटे सान्तिपुर सडक खण्ड अन्तर्गत रुपाकोट खसिमारे बक्स कटिङ मा ठुलो पहिरो गएकोले बाटो अबरुद्ध भएको हो  ।

बाटो अबरुद्ध भएको कारण बुटवल बाट २ बजे छुटेको को गाडीमा आएका यात्रुहरु रातीको समयमा अलपत्र परेको बताउछन्  । उक्त ठाउँमा आइपुग्दा रातिको १० बजेको र हिडेर पनि पहिरो पार गर्न नसक्ने अवस्था थियो र सम्पूर्ण यात्रुहरु रुपाकोट फर्केर बास बसेको यात्रुहरुले खत्रा निउजलाई जानकारी दिए l

बिहान पनि बाटो अबरुद्ध भएको हुदा बुटवल , तम्घास हिडेका यात्रुहरु रोकिनु परेको छ । बिहान देखि नै  बाटो देखी पहिरो हटाउने काम भईरहेको छ र अझै २ ३ घन्टा लाग्ने जानकारी आएको  छ ।

 

हरेक वर्षायाममा तराईमा डुवान र बाढी तथा पहाडमा पहिरोका कारण अबौर्ंको धनमाल र सैयौंको ज्यान जाने गरेको छ । यो विभिषिका घट्नुको साटो हरेक वर्ष अझ विकराल हुँदै गइरहेको छ । हरेक वर्षा सहकालका रुपमा आउनुपर्नेमा महाकालका रुपमा आउने परस्थिति मानवजन्य क्रियाकलापबाटै सिर्जना भइरहेको छ । केही नीतिगत कारणले, केही लापरवाहीले, केही नियतजन्य कारणले, केही नक्कल गर्ने प्रवृत्तिका कारणले त केही अज्ञानतावश अनि केही इतिहासबाट शिक्षा नलिएका कारण यो अवस्था सिर्जना भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *